back
stc
prabhu insurance

बीमा प्राधिकरणको अध्यक्ष बन्न १४ जनाको आवेदन

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्नका लागि १४ जनाले आवेदन दिएका छन् । अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिमा यो संख्यामा आवेदन परेको हो ।

आवेदन दिनेहरुमा घनश्याम बुढाथोकी, विक्रान्त पाण्डे, पारस काफ्ले, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, डा. दामोदर बसौला, चिन्तामणी शिवाकोटी, ज्ञानेन्द्र अधिकारी, देवकुमार ढकाल, लमजुङका प्रा.डा. दीपकबहादुर भण्डारी, डा. राजेन्द्र पण्डित, यज्ञप्रसाद न्यौपाने, रमेशकुमार भट्टराई र महेश्वर न्यौपाने छन् ।

सिफारिस समितिले आवश्यक छानबिनपछि तीन जना योग्य उम्मेदवारको नाम सिफारिस गर्नेछ । यसकै आधारमा मन्त्रिपरिषद्‍ले अध्यक्ष नियुक्त हुनेछ ।

केही महिनाअघि प्राधिकरणको अध्यक्ष नियुक्त भएका शरद ओझालाई सरकारले योग्यता नपुगेको भनेर पदमुक्त गरेको थियो ।