back
stc
prabhu insurance

दसैँ, तिहार र छठमा वालेटबाट दैनिक ४० पटकसम्म रकम गर्न सकिन

काठमाडौं । अब दसैँ, तिहार र छठमा वालेटबाट दैनिक ४० पकटसम्म रकम जम्मा गर्न सकिने भएको छ। नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै भुक्तानी सेवा प्रदायकहरुले सञ्चालन गरेको वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायी रुपमा बढाएर दैनिक ४० पटकसम्म पुर्याएको हो।

अब सेवाग्राहीले दसैँको अवसरका अवसरमा असोज १३ गतेदेखि असोज २१ गतेसम्म, तिहार र छठका अवसरमा कात्तिक ३ गतेदेखि कात्तिक १० गतेसम्मका लागि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ४० पटकसम्म रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ।

उक्त अवधिसम्म भएको कारोबारको संख्या र कारोबारको कुल रकम राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागमा जानकारी गराउन पनि भुक्तानी सेवा प्रदायकलाई संस्थालाई निर्देशन दिइएको छ।