back
prabhu insurance
himalayanlife

सिन्धु विकास बैंकको ७ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले आफ्ना केही संस्थापक शेयरधनीहरूको नाममा रहेको ७ लाख १५ हजार ६३५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

बैंकले यसअघि नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्री खुला गरेकोमा तोकिएको अवधिभित्र आवेदन नपरेपछि सर्वसाधारणले किन्न पाउने गरी पुनः बिक्रीमा राखेको हो।

अतः उक्त शेयर किन्न इच्छुक सर्वसाधारण लगानीकर्ता, कम्पनी, संघसंस्थाले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले किन्न चाहेको शेयर कित्ता खुलाएर बनेपास्थित बैंकको कर्पोरेट कार्यालयमा निवेदन दिनु पर्नेछ।