back
prabhu insurance
himalayanlife

नेपाल एसबीआई बैंकको ९ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेपाल एसबीआई बैंकले गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १० अर्ब ८९ करोड ९१ लाख ५८ हजार ६८ रुपैयाँको कुल ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा ४ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्। यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी ३२ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।