back
prabhu insurance
himalayanlife

कामना सेवाको वित्तीय पारदर्शितालाई अन्तर्राष्ट्रिय मान्यता, साफा अवार्ड २०२४ बाट सम्मानित

काठमाडौँ ।साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२४ बाट कामना सेवा विकास बैंक लिमिटेड सम्मानित भएको छ।

बैंक साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा क्षेत्र अन्तर्गत प्रदान गरिने सर्टिफिकेट अफ मेरिट अवार्डबाट सम्मानित भएको हो।

साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले आर्थिक वर्ष २०२३/२४ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सशासनका लागि उक्त अवार्ड प्रदान गर्ने भएको हो।

बैंकले आफ्नो १८ औं वार्षिक साधारणसभामा पेश गर्नको लागि तयार गरेको उक्त वित्तीय विवरणमा शेयरधनीहरु तथा सरोकारवालाहरुलाई बैंकको विवरणहरु उत्कृष्ट तवरले प्रस्तुत गरेको थियो।

साफाले पाकिस्तानको इस्लामाबादमा आयोजित एक समारोहमा उक्त अवार्ड बैंकलाई प्रदान गरेको छ। विकास बैंकले गत वर्ष समेत साफा अवार्ड जित्न सफल भएको थियो।

साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) इन्टरनेशनल फेडेरेसन अफ एकाउन्टेन्टको संजाल साझेदार हो जसमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, मालदिभ्स र अफगानिस्तान लगायत विभिन्न एघार वटा दक्षिण एसियाली क्षेत्रका चार्टड् एकाउन्टेन्ट निकायहरु समावेश छन्।

साफाले हरेक वर्ष दक्षिण एसियाली क्षेत्रमा प्रकाशित वित्तीय प्रतिवेदनहरुको मुल्याङ्कन गरि विभिन्न विधामा अवार्डहरु प्रदान गर्दै आईरहेको छ।

बैंकको उक्त वित्तीय प्रतिवेदन चार्डड एकाउन्टेन्ट संस्था नेपालबाट प्रदान गरिने “राष्ट्रिय उत्कृष्ट प्रतिवेदन अवार्ड २०२४” मा वित्तीय सेवा क्षेत्र तर्फको विधामा “गोल्ड अवार्ड” बाट सम्मानित भएको थियो।