back
prabhu insurance
himalayanlife

लुम्बिनी विकास बैंकको १.२० लाख बढी कित्ता शेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंकको १ लाख २० हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १ लाख २० हजार ९० कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको डिल्लीबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।