back
stc
prabhu insurance

गर्मीबाट राहतको स्मार्ट समाधान:टिसिएलका Ceiling Cassette एसि बजारमा

काठमाडौँ । नेपालमा गर्मी बढ्दै जाँदा घर, अफिस तथा व्यावसायिक क्षेत्रहरूमा प्रभावकारी कूलिङ समाधानको माग तीव्र बनेको छ। यही आवश्यकतालाई ध्यानमा राख्दै सिजी इलेक्ट्राेनिक्सले टिसिएलका उन्नत Ceiling Cassette Split Air Conditioner सार्वजनिक गरेको छ।

छतमा जडान गर्न मिल्ने यसको स्मार्ट डिजाइन र 8-way air outlet प्रणालीले कोठाभर समान रूपमा हावा प्रवाह गर्ने क्षमता राख्छ। Inverter प्रविधि, ultra-low noise डिजाइन तथा healthy filter जस्ता विशेषताले ऊर्जा बचतसँगै शान्त र स्वच्छ वातावरण सुनिश्चित गर्ने कम्पनीको दाबी छ।

यसमा built-in water pump, LED display, remote control, timer तथा power-down memory जस्ता स्मार्ट फिचरहरू पनि समावेश गरिएका छन्, जसले प्रयोगकर्तालाई अझ सहज अनुभव प्रदान गर्छ।

यी एसीहरू 1 Ton, 1.5 Ton, 2 Ton, 3 Ton र 4 Ton क्षमतामा उपलब्ध छन्। कार्यालय, होटल, बैंक, रेस्टुरेन्ट तथा ठूला व्यावसायिक स्पेसहरूका लागि यो प्रभावकारी विकल्पका रूपमा प्रस्तुत गरिएको छ।

नेपालमा टिसिएलका Ceiling Cassette तथा Wall Mount Split AC हरू कूलिङका लोकप्रिय विकल्प बन्दै गएका छन्। साथै washing machine, water dispenser, refrigerator तथा TV & audio system जस्ता होम अप्लायन्सहरू पनि प्रयोगकर्तामाझ लोकप्रिय हुँदै गएका छन्।

CG Electronics नेपालमा TCL ब्रान्डको आधिकारिक वितरकका रूपमा परिचित छ। कम्पनीले गुणस्तरीय उत्पादन र भरपर्दो सेवामार्फत नेपाली उपभोक्ताको जीवनशैलीलाई थप सहज र स्मार्ट बनाउँदै आएको जनाएको छ।