back
stc
prabhu insurance

आज विश्व मुख स्वास्थ्य दिवस मनाइँदै

काठमाडौँ । आज संसारभर विविध चेतनामूलक कार्यक्रमका साथ विश्व मुख स्वास्थ्य दिवस मनाइँदै छ । हरेकबर्ष मार्च २० मा दाँतको सफाइ तथा मुख स्वास्थ्यको विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी विश्वभर यो दिवस मनाउने गरिन्छ ।

यस बर्षको विश्व मुख स्वास्थ्य दिवसको विषयवस्तु ‘खुशी मुख…खुशी जीवन’ भन्ने रहेको छ । यो विश्व डेन्टल महासंघद्वारा सुरु गरिएको तीन वर्षे अभियान चक्र (२०२४-२०२६) को अन्तिम वर्ष हो । २०२६ अभियान मौखिक स्वास्थ्य र समग्र खुशी, कल्याण, र जीवनको गुणस्तर बीचको बलियो सम्बन्धमा केन्द्रित छ ।

दाँत, गिजा र सम्पूर्ण मुख-अनुहार प्रणालीको स्वास्थ्यलाई मुख स्वास्थ्यको रूपमा बुझ्न सकिन्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले मुख स्वास्थ्यलाई मुख एवं अनुहारको दुखाइ, मुख तथा घाँटीको क्यान्सर, मुखको सङ्क्रमण, जन्मदै तालु तथा ओठ चिरेको (खुँडे), गिजासम्बन्धी रोग, दाँत कीराले खाने तथा झर्ने, दाँतमा प्वाल पर्ने तथा मुखसम्बन्धी अन्य रोगबाट मुक्त हुने अवस्थाको रूपमा व्याख्या गरेको छ ।