back
stc
prabhu insurance

बिजबजारमा नयाँ वर्ष २०८३ को अवसरमा ८३% सम्मको भारी छुट

काठमाडौं । नेपाली ई-कमर्स प्लेटफर्म बिजबजारले नयाँ वर्ष २०८३ को पावन अवसरमा ग्राहकहरूका लागि विशेष ‘नयाँ वर्ष अफर’ सार्वजनिक गरेको छ । सो योजना अन्तर्गत ग्राहकहरूले विभिन्न विधाका सामानहरूको खरिदमा ८३ प्रतिशतसम्मको भारी छुट प्राप्त गर्न सक्नेछन् ।

नयाँ वर्षलाई हर्षोल्लासका साथ स्वागत गर्न बिजबजारले ल्याएको यो आकर्षक अफर २०८३ सालको वैशाख महिनाभर लागू हुने कम्पनीले जनाएको छ ।

जस अन्तर्गत ग्राहकहरूले घरायसी सामान, इलेकट्रोनिक्स, फेसन, र अन्य दैनिक उपभोग्य वस्तुहरूमा छुट पाउनेछन् । नेपाली बजारमा ई-कमर्सको पहुँच विस्तार गर्दै ग्राहकहरूलाई सुपथ मूल्यमा गुणस्तरीय सामान उपलब्ध गराउने उद्देश्यले यो योजना ल्याइएको हो ।

सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै ‘Bizbazar Online Shopping App’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारकाे अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिनेछ । यसका साथै, यो नयाँ वर्षको विशेष अफर अन्तर्गतका सामान अर्डर गर्नका लागि ग्राहकहरूले सिधै https://bizbazar.com.np/new-year-2083 मा क्लिक गर्न सक्नेछन् ।