back
stc
prabhu insurance

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लिन बाँकी बीमा दाबी भुक्तानी फर्छ्यौट गर्न आउन बीमितलाई आग्रह

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लिन बाँकी बीमा दाबी भुक्तानी फर्छ्यौट गर्न आउन बीमितलाई आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै २०८२ चैत मसान्तसम्म परेका दाबीको निवेदनका हकमा यस्तो आग्रह गरेको हो। ‘निवेदन दिएपछि हालसम्म दाबी मूल्यांकनका लागि आवश्यक कागजपत्र सहित बीमित सम्पर्कमा आएका छैनन्’, सूचनामा भनिएको छ, ‘त्यसैले दाबी भुक्तानी बाँकी रहेको हुँदा फर्छ्यौटका लागि आवश्यक कागजातसहित कम्पनीको नजिकको प्रदेश, शाखा तथा उपशाखा कार्यालयमा वा कम्पनीको केन्द्रीय कार्यालयमा वा सम्बन्धित सर्भेयरलाई यथाशीघ्र सम्पर्क गर्न अनुरोध छ।’

यसका लागि कम्पनीले ३५ दिनको समय दिएको छ। तोकिएको अवधिभित्र पनि बीमा दाबी फर्छ्यौट गर्न नआएको खण्डमा दाबी फाइल बन्द गरिने कम्पनीले जनाएको छ।