back
prabhu insurance
himalayanlife

आइएमई खल्ती र भिजन कन्स आई क्लिनिकबीच छुट सम्बन्धी सम्झौता

काठमाडौँ । फिनटेक कम्पनी आइएमई खल्ती लिमिटेड र भिजन कन्सर्न आई क्लिनिकबीच कर्पोरेट वेलनेस सम्झौता भएको छ। पानीपोखरीस्थित आइएमई खल्तीका कर्मचारी तथा तिनका परिवारलाई आँखाको विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले यो सम्झौता भएको हो।

सम्झौताअन्तर्गत आइएमई खल्तीका कर्मचारीले निःशुल्क व्यापक आँखा परीक्षण, निस्शुल्क चिकित्सक परामर्श र प्राथमिकताका साथ अपोइन्टमेन्टको सुविधा पाउनेछन्। यी सेवाहरू भिजन कन्सका बौद्ध, लाजिम्पाट र माकलबारीस्थित शाखाहरूमा उपलब्ध हुनेछन्।

चिकित्सा सेवाका अतिरिक्त आर्थिक सुविधा पनि प्रदान गरिनेछ। छनोट गरिएका अप्टिकल उत्पादनमा ४० प्रतिशतसम्म छुट, ब्रान्डेड फ्रेममा २० प्रतिशत छुट तथा प्रिस्क्रिप्सन गिलास र कन्ट्याक्ट लेन्समा विशेष कर्पोरेट मूल्य उपलब्ध गराइनेछ।

यसका साथै भिजन कन्सले डिजिटल आँखा थकानसम्बन्धी विशेष जागरण कार्यक्रम पनि सञ्चालन गर्नेछ भने आइएमई खल्तीले आफ्ना कर्मचारीबीच यी सुविधाको प्रचारप्रसार गर्नेछ। यो सहकार्य एक वर्षका लागि लागू रहनेछ र सहज कार्यान्वयनका लागि दुवै संस्थाले आ(आफ्नो समन्वयकर्ता नियुक्त गर्नेछन्।