नेपाल लाइफ इन्स्योरेन्सको ५ प्रतिशत बोनश शेयरधनीहरुको हितग्राही खातामा जम्मा
काठमाडौं । आफ्ना शेयरधनीहरुको हितग्राही खातामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बोनश शेयर जम्मा गरिदिएको छ । कम्पनीको २०८२ पुस १९ गते सम्पन्न भएको वार्षिक साधारण सभाबाट पारित भएको ५ प्रतिशत बोनश शेयर हितग्राही खातामा जम्मा गरिदिएको हो ।
२०८२ को पुस ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुको बोनश शेयर सम्बन्धीत हितग्राही खातामा जम्माल भएको कम्पनीले जनाएको छ ।
साथै, यस कम्पनीको शेयर २०८२ पुस ६ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा शेयरधनीको हितग्राही खातामा उक्त बोनश शेयर, कर्जा प्रवाह गर्ने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई जम्मा हुने हुँदा सो कर्जा राफसाफ भइसकेको खण्डमा शेयरधनीहरुलाई सम्बन्धीत बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी बोनश शेयर फुकुवा गर्न आग्रह गरेको छ ।
सो मितिपछि रोक्का राखेका शेयरधनीहरुको बोनश शेयरधनीहरुकै हितग्राही खातामा रोक्का जनाई जम्मा हुने हुँदा सम्बन्धीत बैंक तथा वित्तीय संस्थालाई उनीहरुको बोनश रोक्का भए नभएको यकिन गर्न तथा रोक्का नभएको खण्डमा रोक्का समेत गर्न आग्रह गरेको छ ।
वि.सं.२०८३ साउन २१ ०७:४३




















