back
prabhu insurance
himalayanlife

सिटिजन्स क्यापिटल लिमिटेड र शिव श्री हाइड्रोपावर लिमिटेडबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता

काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले आफ्नो शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । यस सम्बन्धमा दुवै संस्थाबीच शेयर रजिष्ट्रार सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

शिव श्री हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र तथा शेयरधनी सम्बन्धी अभिलेख व्यवस्थापन, शेयरको अभौतिकीकरण, शेयर प्रमाणपत्र वितरण, नामसारी लगायतका प्रचलित कानून तथा नियामकीय व्यवस्था बमोजिमका शेयर रजिष्ट्रार सम्बन्धी कार्यहरू सम्पादन गर्न सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको हो ।

सम्झौता बमोजिम सिटिजन्स क्यापिटल लिमिटेडले मिति २०८३ साल असोज २ गतेदेखि शिव श्री हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रारका रूपमा सेवा प्रदान गर्नेछ ।

यससँगै कम्पनीका शेयरधनीहरूलाई शेयर रजिष्ट्रार सम्बन्धी आवश्यक सेवा, अभिलेख व्यवस्थापन तथा शेयर कारोबारसँग सम्बन्धित कार्यमा आवश्यक सहजीकरण एवं सेवा प्रदान गरिनेछ ।

सिटिजन्स क्यापिटल लिमिटेडले आफ्नो व्यावसायिक दक्षता तथा अनुभवी जनशक्ति मार्फत शिव श्री हाइड्रोपावर लिमिटेडका शेयरधनीहरूलाई प्रभावकारी, व्यवस्थित तथा गुणस्तरीय शेयर रजिष्ट्रार सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यस सहकार्यले शिव श्री हाइड्रोपावर लिमिटेडका शेयरधनीहरूलाई थप व्यवस्थित तथा सहज सेवा उपलब्ध गराउनुका साथै दुवै संस्थाबीचको व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ ।