सिजीद्वारा दशैं–तिहार लक्षित महायोजना “भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” सार्वजनिक
काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो वार्षिक अभियान “Experience Life with CG” अन्तर्गत बडादशैं र तिहारको सुखद अवसर पारेर “भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” नामक विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ।
उपभोक्तालाई उत्कृष्ट प्रविधिसँगै आकर्षक क्यासब्याकको प्रत्यक्ष लाभ प्रदान गर्ने लक्ष्यसहित यो योजना प्रस्तुत गरिएको हो।
यस योजनाको प्रमुख आकर्षण अधिकतम रु. १,०२,००० सम्मको आकर्षक क्यासब्याक रहेको छ। ग्राहकहरूले सिजी तथा सिजी मेरिडियाका टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन, एयर कन्डिसनर लगायतका घरायसी उपकरणहरूको खरिदमा यो छुट प्राप्त गर्न सक्नेछन्।
यस सुविधाले चाडपर्वको किनमेललाई उत्साहजनक बनाउनुका साथै ग्राहकहरूलाई उत्कृष्ट बचतको अवसर प्रदान गर्नेछ।
विशाल क्यासब्याकका साथै, खरिदमा निम्नलिखित पक्का ‘दशैं उपहार’ (Sure-shot Gifts) को व्यवस्था गरिएको छ:
- फ्रन्ट लोड वासिङ मेसिन: ६ केजी सर्फ एक्सेल (Surf Excel 6 Kg) डिटर्जेन्ट।
- टप लोडिङ वासिङ मेसिन: ४ केजी सर्फ एक्सेल (Surf Excel 4 Kg) डिटर्जेन्ट।
- सेमी अटोमेटिक वासिङ मेसिन: २ केजी सर्फ एक्सेल (Surf Excel 2 Kg) डिटर्जेन्ट।
- माइक्रोवेभ ओभन: कुकिङ किट (Cooking Kit) ।
- एयर कन्डिसनर: निःशुल्क जडान (Free Installation) । ग्राहकको सहजताका लागि “नागरिकता भए पुग्छ !” भन्ने नारासहित शून्य प्रतिशत (०%) ब्याजदरमा सजिलो ईएमआई (EMI) सुविधाको व्यवस्था गरिएको छ। साथै, ‘सिजी इलेक्स’ (CG Elex) मार्फत पुरानो सामान साटेर नयाँ लिन सकिने एक्सचेन्ज सुविधा पनि उपलब्ध छ।
सिजीको “Experience Life with CG” वार्षिक अभियानले ग्राहकको जीवनस्तर उकास्ने र दैनिक कार्यलाई सहज बनाउने कुरामा सधैँ जोड दिँदै आएको छ। यसैअन्तर्गतको प्रिमियम सिग्नेचर सिरिज सिजी मेरिडियाले अत्याधुनिक प्रविधि र विलासीपनको संयोजनमार्फत घरको शोभा बढाउँदै ग्राहकलाई उच्च स्तरको कार्यक्षमता र प्रिमियम अनुभव प्रदान गर्दै आइरहेको छ।
४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ताको विश्वास जित्दै आएको सिजी इलेक्ट्रोनिक्सका यी उत्पादनहरू देशभरका २२ वटा अत्याधुनिक सिजी डिजिटल शोरुमहरू, कम्पनीका आधिकारिक वेबसाइट (www.cgdigital.com.np, www.cginspiringlife.com) र आधिकारिक बिक्री केन्द्रहरूबाट सहजै खरिद गर्न सकिन्छ।
ग्राहकहरूको बिक्रीपछिको सेवालाई अझ छिटो, सहज र सुविधाजनक बनाउन कम्पनीले ‘सिजी केयर एप’ सञ्चालनमा ल्याएको छ। यस डिजिटल एप र देशभर छरिएका ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले भरपर्दो र उत्कृष्ट सेवा सुनिश्चित गर्दै आएको छ।
कम्पनीका अनुसार यो योजना भाद्र २६ गतेदेखि सीमित अवधिका लागि नेपालभरका प्रमुख आउटलेटहरूमा लागू भइसकेको छ। थप जानकारीका लागि सिजी केयरको टोल फ्री नम्बर १६६-००-१०२-२११ वा १६६-००-१००-२११ मा सम्पर्क गर्न तथा थप सहज सेवाका लागि प्लेस्टोर वा एपस्टोरबाट ‘CG Care App’ डाउनलोड गर्न सकिनेछ।
वि.सं.२०८३ असोज ६ १२:५८




















