back
prabhu insurance
himalayanlife

लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा

काठमाडौं ।विद्युतीय दुईपांग्रे सवारीसाधनको क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको सारथी इकुटरले काठमाडौंको लैनचौरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

कम्पनीले असोज १६ गते शुक्रबारदेखि लैनचौरस्थित नयाँ शोरुमबाट आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको हो ।

ग्राहकलाई विद्युतीय स्कुटरको खरिद, टेस्ट राइड तथा बिक्रीपछिको सेवामा सहज पहुँच प्रदान गर्ने उद्देश्यले नयाँ शोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । लैनचौरको नयाँ शोरुम सञ्चालनमा आएसँगै काठमाडौं उपत्यकामा सारथी इकुटरका ७ वटा शोरुम सञ्चालनमा आएका छन् ।

सारथी इकुटरले काठमाडौं उपत्यकामा मात्र नभई देशका प्रमुख शहरहरूमा समेत आफ्नो उपस्थिति विस्तार गरिरहेको छ ।

उपत्यकाबाहिर प्रमुख शहर तथा बजारका १३ स्थानमा गरी सारथी इकुटरका हालसम्म देशभर २० स्थानमा शोरुम सञ्चालनमा रहेका छन्, जसले कम्पनीको देशव्यापी बिक्री तथा ग्राहक सेवा सञ्जाललाई थप मजबुत बनाएको छ ।

नेपालमा विद्युतीय सवारीसाधनप्रति ग्राहकको आकर्षण बढ्दै गइरहेको अवस्थामा सारथी इकुटरले ग्राहकको आवश्यकता र नेपाली सडकको अवस्थालाई ध्यानमा राख्दै विभिन्न मोडलका विद्युतीय स्कुटर उपलब्ध गराउँदै आएको छ ।

आधुनिक प्रविधि, आकर्षक डिजाइन, उत्कृष्ट कार्यक्षमता र व्यावहारिक प्रयोगलाई प्राथमिकता दिइएको कम्पनीको भनाइ छ ।

कम्पनीसँग अहिले लाइसेन्स नचाहिने ३५० वाट क्षमताको मोटर भएको स्कुटर देखि अधिकतम् ४०० किलोमिटरसम्म रेन्ज भएको विद्युतीय स्कुटर उपलब्ध छ ।

लैनचौरस्थित नयाँ शोरुममा ग्राहकले सारथी इकुटरका विभिन्न मोडल प्रत्यक्ष अवलोकन गर्नुका साथै टेस्ट राइड, मुल्य, फाइनान्सिङ तथा एक्सचेन्ज सुविधाबारे जानकारी लिन सक्नेछन् ।

सारथी इकुटरले विद्युतीय सवारीसाधनको बिक्रीसँगै बिक्रीपछिको सेवा र स्पेयर पाट्र्सको सहज उपलब्धतालाई आफ्नो प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

ग्राहकलाई सवारीसाधन खरिदपछि पनि भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यले देशका विभिन्न स्थानमा सेवा तथा बिक्री नेटवर्क विस्तार गरिएको कम्पनीका प्रबन्ध निर्देशक दुर्वास नगरकोटीले बताए ।

सारथी इकुटरले नेपालमा विद्युतीय मोबिलिटीलाई थप सहज, भरपर्दो र दीर्घकालीन विकल्पका रूपमा  स्थापित  गर्ने लक्ष्य  सहित आगामी दिनमा  पनि  आफ्नो  उत्पादन,  शोरुम तथा बिक्रीपछिको सेवा  सञ्जाल विस्तारलाई निरन्तरता दिने जनाएको छ ।