back
prabhu insurance
himalayanlife

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई एथलेट ल्यान्ड एण्ड ट्रेनिङ क्लबमा १७.५० प्रतिशतसम्म छुट

काठमाडौँ। मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले बालकुमारीस्थित एथलेट ल्यान्ड एण्ड ट्रेनिङ क्लबका विभिन्न सेवा तथा सुविधामा विशेष छुट पाउने भएका छन्।

बैंकले आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले एथलेट ल्यान्ड एण्ड ट्रेनिङ क्लबसँग विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको जनाएको छ।

सम्झौताअनुसार बैंकका ग्राहकले क्लबका विभिन्न सेवा तथा सुविधामा ७.५० प्रतिशतदेखि १७.५० प्रतिशतसम्म छुट पाउनेछन्। क्लबमा एमएमए, बक्सिङ, फिटनेस कक्षा, जुम्बा तथा योगालगायतका सेवा उपलब्ध छन्। त्यस्तै, वर्कआउटपछि सौना सुविधासमेत क्लबमा रहेको बैंकले जनाएको छ।

उक्त छुट तथा सुविधा लिन बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ। बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङका अनुसार सम्झौतामार्फत ग्राहकलाई बैंकिङ सेवासँगै थप सुविधा उपलब्ध गराउने प्रयास गरिएको हो।