back
prabhu insurance
himalayanlife

करदाता प्रोत्साहन पुरस्कारका १६ विजेता घोषणा हुँदै

काठमाडौं । आन्तरिक राजस्व विभागले कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमका विजेता आज घोषणा गर्ने भएको छ ।

कात्तिक १ देखि १५ गतेसम्मको अवधिका लागि १५ जना नियमित विजेता र एक जना बम्पर विजेता गरी कुल १६ जनाको नाम सार्वजनिक गर्न लागिएको हो ।

विभागका अनुसार पुरस्कार विजेता छनोट कार्यक्रममा नेपाल प्रिमियर लिग (एनपीएल) खेलिरहेका क्रिकेट खेलाडी सहभागी हुनेछन् ।

उनीहरूको सहभागितामा विजेता छनोट गरिने विभागले जनाएको छ । विजेता घोषणा कार्यक्रम आज बिहान ९:३० बजे अर्थ मन्त्रालयको सिंहदरबारस्थित सुवर्ण हलमा आयोजना हुँदैछ ।