back
prabhu insurance
himalayanlife

बजारमा बुधबार सुनको भाउमा भारी गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ हजार ३०० रुपैयाँले घटेको छ।

योसँगै प्रतितोला सुन २ लाख ६० हजार ९०० रुपैयाँमा झरेको छ। हिजो सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको छ।

यसैगरी आज चाँदीको भाउ पनि तोलामा ११० रुपैयाँले घटेर ३ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ३ हजार ४९० रुपैयाँमा किनबेच भएको थियो।