back
stc
prabhu insurance

उत्पादन वृद्धि गर्न नसके अर्थतन्त्रमा थप चुनौती

काठमाडौं । अर्थविद्हरूले सरकारले मुलुकभित्रै उत्पादन वृद्धि गर्न नसके अर्थतन्त्रमा चुनौती थपिँदै जाने बताउँदै आएका छन् ।

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले पनि चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा थप जटिलता थपिँदै गएको बताएका छन् ।

शनिबार काठमाडौंमा मदन भण्डारी बौद्धिक मञ्चद्वारा आयोजित संकटोन्मुख अर्थतन्त्र र आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट विषयक अन्तरक्रिया कार्यक्रममा पूर्व अर्थमन्त्री खतिवडाले निर्माण सामाग्री, पेट्रोलियम पदार्थ, बैंकको व्याजदर, यातायात ढुवानी भाडासमेत बढ्दै गएकाले अर्थतन्त्रमा चुनौतीहरू थपिँदै जाने बताए ।

उनले सरकारले आगामी आर्थिक वर्ष आयात प्रतिस्थापन गरेर निर्यातलाइ दोब्बर गर्ने नीति ल्याएको भने पनि सम्भव नभएको दाबी गर्दै हरेक चिजको मूल्यवृद्धि हुँदै गएकाले हाम्रो कुनै पनि उत्पादन प्रतिस्पर्धा नहुने र निर्यात दोब्बर हुन नसक्ने बताए । यो समाचार आजको कारोबार दैनिकीमा प्रकाशित छ ।