back
stc
prabhu insurance

माईपे मनि ट्रान्सफरले रेमिटेन्स भित्र्याउने लाइसेन्स प्राप्त गरे

काठमाडौं । माईपे मनि ट्रान्सफरले नेपाल राष्ट्र बैंकबाट विप्रेषण (रेमिटेन्स) भित्र्याउने लाइसेन्स प्राप्त गरेको छ । लाइसेन्स पाएसँगै कम्पनीले अस्ट्रेलिया, कोरिया, मलेसिया, जापान, अमेरिका, क्यानडा तथा युरोपेली देशहरुबाट नेपालमा रेमिटेन्स भित्र्याउने योजना बनाएको छ ।

योसँगै केही दिनभित्र नै व्यावसायिक कारोबार सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।‘हामीले विदेशबाट डिजिटल माध्यमबाटनै नेपालको कुनैपनि बैंक खातामा रकम पठाउन मिल्ने सिस्टम बनाएका छौं,’ माईपे मनि ट्रान्सफरका डिरेक्टर अफ सेल्स किरण भट्टराईले भने, ‘युवाहरुलाई लक्षित गरी सुरक्षित र विश्वासिलो रेमिटेन्स कम्पनी बन्ने हाम्रो पहिलो लक्ष्य हो।’

यसका साथै माईपे मनि ट्रान्सफरमा पैसा पठाउँदा विभिन्न वालेटबाट पे आउट गर्न मिल्ने तथा १० हजार भन्दा बढी भौतिक एजेन्टबाट समेत रकम प्राप्त गर्न सकिने कम्पनीको भनाई रहेको छ । नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ जारी भएपश्चात पहिलो कम्पनीका रुपमा माईपेले लाइसन्स प्राप्त गरेको हो ।