back
prabhu insurance
himalayanlife

४ अकंले बढ्यो नेप्से, लगानीकर्ताले उच्च अकंले कमाए

काठमाडौँ । सोमबार साताको दोस्रो दिन  सेयर बजार (नेप्से) ४ दशमलव ०६ अकंले बढेर समग्र परिसूचक ३०८५ दशमलव ०७ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ० दशमलब ३० अकंले बढेर ५७२ दशमलब ४६ अकंमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २२६ कम्पनीको १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ रुपैंया बराबरको २ करोड १८ लाख ९४ हजार २०९ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा १ लाख ५ हजार ५७९ पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा अरुण काबेली पावर, युनिभर्सल पावर कम्पनी, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, नागरिक लगानी कोष लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा एनआइसी एशिया ब्यालेन्सड फण्ड, युनिभर्सल पावर कम्पनी, अरुण काबेली पावर, हिमाल दोलखा हाईड्रोपवर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबै भन्दा धेरै घलेम्दी हाईड्रो लिमिटेड, गुराँस लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, युनिभर्सल पावर कम्पनी, आँखु खोला जलविद्यृत लगायतका कम्पनीका लगानीकर्ताहरुले कमाएका छन । त्यसैगरी आज सबै भन्दा धेरै गुमाउनेमा नेपाल हाईड्रो डेभल्पर्स, युनाईटेड इदी मार्दी एण्ड आर।वि हाईड्रोपावर, लक्ष्मी इक्यूटी फण्ड, हिमालन पावर पार्टनर, वरुण हाईड्रोपावर, लगायतका कम्पनीका लगानीकर्ताहरु रहृका छन ।

आज ८६ कम्पनी लागनीकर्ताले कमाउदाँ ९३ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने ५ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।