back
stc
prabhu insurance

कुमारी इक्विटी फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज  साउन २४ गते आइतबार कुमारी इक्विटी फन्डको ५% लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

लाभांश वितरण प्रयोजनको लागि फन्डले साउन २५ गते सोमबार बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम रहने इकाईधनीले मात्र यस फन्डको लाभांश पाउन सक्नेछन् ।

कोष व्यवस्थापक कुमारी क्यापिटलको साउन १७ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट इक्विटी फन्डका इकाईधनीलाई करसहित ५% नगद लाभांश दिने निर्णय गरेको छ । फन्डले कुल ५ करोड रुपैयाँ बराबरको प्रतिफल वितरण गर्नेछ ।