back
stc
prabhu insurance

नेपाल बंगलादेश बैंकले इम्पेयरमेन्ट चार्ज रिभर्स गरेपछि ह्वात्तै बढायो नाफा

काठमाडौं ।नेपाल बंगलादेश बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा खुद नाफा ८४.१६% ले बढेर २ अर्ब २९ करोड २५ लाख ९२ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब २४ करोड ४८ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले विशेष गरी भारीमात्रामा इम्पेयरमेन्ट चार्ज रिभर्स (फिर्ता) गरेपछि नाफामा भारी बढोत्तरी भएको हो ।

अघिल्लो वर्ष ८० करोड १५ लाख ३५ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज असार मसान्तसम्ममा २७ करोड १५ लाख ७ हजार रुपैयाँ रिभर्स भएको छ ।

यसअवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको छ भने गैर सञ्चालन आम्दानी बढेको छ । गैर सञ्चालन आम्दानी बढेकाले पनि यसको खुद नाफा बढ्न सहयोग पुगेको हो ।

खुद ब्याज आम्दानी ७.५०% ले घटेर २ अर्ब ६३ करोड ११ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ । यता, गत वर्ष ४२ लाख ८० हजार रुपैयाँ रहेको गैर सञ्चालन आम्दानी असार मसान्तसम्म आइपुग्दा ५ करोड ४४ लाख १७ हजार रुपैयाँ पुगेको छ । यसले खुद नाफा बढाउन सहयोग पुगेको हो ।

एक वर्षको अवधिमा सञ्चालन नाफा पनि ७४.६७% ले बढेर ३ अर्ब २० करोड ८९ लाख २२ हजार रुपैयाँ पुगेको छ । वितरण योग्य नाफा पनि २२८.४८% ले बढेर १ अर्ब ४७ करोड ५२ लाख ८३ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ६५ पैसा छ ।