मेगा म्युचुअल फन्ड १ को बिक्री खुला

काठमाडौं । मेगा क्यापिटलले आज भदौ ४ गते शुक्रबारदेखि मेगा म्युचुअल फन्ड १ निष्कासन तथा बिक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो ।
यसमध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५५ इकाई कोष प्रवद्र्धक मेगा बैंकलाई सुरक्षित गरिएको छ ।
बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला भएको हो । उक्त फन्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । यस फन्डमा भदौ १० गतेसम्म आवेदन दिन सकिनेछ ।
उक्त समयमा सबै इकाई बिक्री नभएमा भदौ १८ गतेसम्म आवेदन म्याद थप गर्न सकिने मेगा क्यापिटलले जनाएको छ ।
१० वर्ष अवधिको उक्त फन्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यो एक बन्दमुखी योजना हो । मेगा क्यापिटल मेगा बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
वि.सं.२०७८ भदौ ४ ०७:३१