back
prabhu insurance
himalayanlife

मेगा म्युचुअल फण्ड–१ का इकाईहरुमा माग गरिए भन्दा बढीको आवेदन

काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना “मेगा म्युचुअल फण्ड–१ (Mega Mutual Fund-1)” को प्रति इकाई मूल्य रु.१०/– दरको १०,००,००,००० (दस करोड) इकाई मध्ये न्यूनतम १,५०,००,००० (एक करोड पचास लाख) वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ (पन्ध्र) प्रतिशत इकाई कोष प्रवद्र्धक श्री मेगा बैंक लिमिटेडको लागि सुरक्षित राखि बाँकी न्यूनतम ८,५०,००,००० (आठ करोड पचास लाख) इकाईमा सार्वजनिक निष्काशन गरेको दुई दिनमै माग भन्दा बढि आवेदन प्राप्त भई चौथो दिनसम्ममा सर्वसाधारण लगानीकर्ताहरुको उल्लेखनीय सहभागिता स्वरुप १,६३,६४६ आवेदकहरुबाट करिब २०,१४,५५,६०० बराबरको इकाई खरीदका लागि आवेदन परेको छ, जुन बिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा २.३७ गुणा बढी आवेदन परेको छ ।

नेपालको वित्तीय इतिहासमा हाल सम्मकै म्युचुअल फण्डमा सवै भन्दा धेरै आवेदन यस “मेगा म्युचुअल फण्ड–१” मा प्राप्त भएको छ । यो नयाँ कृतिमान् कायम गरेकोमा कम्पनी गौरवान्वित भएको छ ।
मेगा क्यापिटल मार्केट्स लिमिटेड प्रति प्राप्त भएको यस विश्वासका कारण हामीलाई अझै सशक्त ढंगले अगाडि बढ्न हौसला मिलेको छ र मेगा म्युचुअल फण्ड–१ प्रति देखाउनु भएको विश्वासको उच्च कदर र सम्मान गर्दै आउँदा दिनहरुमा उच्च प्रतिफल, जोखिम व्यवस्थापन तथा उच्चस्तरिय सेवा प्रदान गर्न क्रियाशील रहने विश्वास दिलाइको छ ।

माग भन्दा धेरै बढी इकाईका लागि आवेदन परेकोले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कुल आकारको २५ प्रतिशत थप गरि इकाईहरु बाँडफाँड गरिने छ ।

यस बीचमा कम्पनीलाई सहयोग तथा हौसला प्रदान गर्नुहुने नेपाल धितोपत्रबोर्ड, पत्रकार तथा मिडियाकर्मीहरु, लगानीकर्ताहरु, शुभ चिन्तकहरु लगायत अन्य सम्बन्धित सम्पूर्णमा विशेष धन्यवाद तथा आभार प्रकट गरेको छ ।