back
stc
prabhu insurance

शेयर लगानीकर्ता रिले अनशन बस्दै

काठमाडौं । । सेयर धितो कर्जाको सीमा विरुद्ध आन्दोलनरत लगानीकर्ताले आज ३ बजेबाट माइतीघर मण्डलामा रिले अनसन सुरु गर्ने भएका छन्।

रामकृष्ण ढकालको संयोजकत्वमा गठित पुँजीबजार सुधार संघर्ष समितिको नेतृत्वमा लगानीकर्ताहरुले आज ३ बजेबाट माइतीघर मण्डलामा रिले अनसन सुरु गर्न लागेको जानकारी दिएका छन् ।

लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकमा ज्ञापनपत्र बुझाएको २ दिन बित्दा पनि माग सम्बोधन नभएको भन्दै संयोजक ढकालले आजबाट माइतीघर मण्डलामा रिले अनसन गर्न लागेको जानकारी दिदै उनले आज दिउँसो ३ देखि ५ बजेसम्म माइतीघर मण्डलामा रिले अनसनमा बस्ने बताएका छन्।

अनसनमा शेयर लगानीकर्ताहरू दीपेन्द्र अग्रवाल, रोहन कार्की, उमेशराज सिलवाल, आदित्य सिवाकोटीलगायत थुप्रै लगानीकर्ताको उपस्थिति हुने बताइएको छ।

ढकालले बजारमा सुधार चाहने लगानीकर्तालाई उक्त कार्यक्रममा उपस्थित हुन् आग्रहसमेत गरेका छन्।

गत सोमबार संघर्ष समितिको अगुवाइमा लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंक घेराउ गर्दै प्रवक्ता देवकुमार ढकाललाई १८ बुँदे ज्ञापनपत्र बुझाएका थिए।

ज्ञापनपत्र बुझ्दै प्रवक्ता ढकालले गभर्नर बजारप्रति सकारात्मक भएकाले बजार सुधारका लागि उचित कदम चलाइने आश्वासनसमेत दिएका थिए।