back
stc
prabhu insurance

आज शेयर बजारमा भारी गिरावट

काठमाडौं । सेयर बजारमा इतिहासकै दोस्रो ठूलो गिरावट भएको छ । नेप्से सूचक आज एकै दिन तिज अंकले घटेको छ । असोज ४ गते सोमबार बजार खुलेदेखि निरन्तर ओरालो लागेको शेयर बजार ११४ अंकले घटेर बन्द भएको छ ।

यो नेप्सेमा एकैदिन आएको इतिहासकै दोस्रो ठूलो गिरावट हो । यसअघि २०७७ असार २३ गते सबैभन्दा धेरै १२३ अंकले घटेको थियो । यस्तै यही भदौ २० गते पनि नेप्से १०८ अंकले घटेको थियो ।

सूचकमा उच्च गिरावट आउँदा लगानीकर्ता आत्तिएर सेयर बेच्दा कारोबार रकममा भने केही बढोत्तरी आएको छ । आज करिब साढे आठ अर्बको सेयर किनबेच भएको छ ।

आज सेयर बजार मापक सूचक नेप्से ११४.०२ अंकले घटेर २६९८.२४ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२५ कम्पनीको ८ अर्ब ४९ करोड ३४ लाख रुपैयाँ बढीको १ करोड ७३ लाख ३० हजार कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा धेरै ८.५६ प्रतिशतले घटेको छ । यस्तै, हाइड्रोपावर ६.८, विकास बैंक ६.३४ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका २२५ कम्पनीमध्ये जम्मा ९ कम्पनीको सेयर मूल्य सामान्य बढेको छ भने २१२ कम्पनीको मूल्यमा गिरावट आएको छ । ४ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको साँढे ४० करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

यस्तै हिमालयन डिस्ट्रलरीको साँढे २२ करोड र नबिल बैंक लि. को १८ करोड सहित सर्वाधिक कारोबार हुने शीर्ष तीन कम्पनी भित्र परेका छन ।

तिन अंकले घटेको शेयर बजारमा आज दुई दर्जन कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किछ लागेको छ । सर्किट लाग्नेमा अधिकांश फाइनान्स र हाइड्रोपावर कम्पनी रहेका छन् ।

गुडविल फाइनान्स, पोखरा फाइनान्स, आइसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, हिमालयन ऊर्जा, घलेम्दी र युनाइटेड मोदीको सेयर मूल्य करिव १० प्रतिशतले घटेको छ ।

यसैगरी सिंगटी हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंक, हिमालयन पावर, श्री इन्भेष्टमेन्ट, रिलायन्स, नेपाल, बेस्ट, सेन्टर फाइनान्स, आँखुखोला, ग्रीन लाइफ, पाँचथर पावर, खानीखोला हाइड्रोपावरका सेयरधनीले पनि करिब १० प्रतिशत गुमाएका छन् ।