back
stc
prabhu insurance

लगातार ओरालो लागेको नेप्से आज लाग्यो उकालो

काठमाडौं । लगातार ओरालो लागेको धितोपत्र बजार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । लामो समयपछि नेप्सेमा दोहोरो अङ्कको वृद्धि देखिएको छ ।

आज नेप्से २७.५१ अङ्कले बढेर दुई हजार ५८४.५२ मा पुगेको हो । साताको पहिलो दिन आज नेप्से परिसूचकमा देखिएको सुधारसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ७.२४ अङ्कले बढेर ४९०.६८ मा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

नेप्से परिसूचक उकालो लागे पनि कारोबार रकम भने सस्तोमा समेटिएको छ । आज कूल २२५ कम्पनीको ५८ लाख १८ हजार कित्ता शेयर दुई अर्ब ७७ करोड ३४ लाख रुपैयाँमा खरिद–बिक्री भए ।