back
stc
prabhu insurance

एनएमबि बैंकको गत वर्षको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत वर्षको नगद लाभांश वितरण शुरू गरेको छ । बैंकले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कर समेत ८ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्न शुरु गरेको हो । बैंकको पुस २५ गते सम्पन्न २७औं वार्षिक साधारण सभाले पारित गरेको उक्त लाभांश पुस २६ गतेदेखि वितरण शुरू गरिएको जनाएको छ ।

एनएमबि बैंकले पुस ११ गते साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरेको थियो । बुक क्लोजको अघिल्लो कारोबार दिन पुस ७ गते बिहीवारसम्म कायम शेयरधनी लाभांश पाउन योग्य छन् ।

नगद लाभांश बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म पनि बैंक खाता नम्बर हितग्राही खातामा अद्यावधिक नगराएका सदस्यहरूलाई यथाशीघ्र गराउनसमेत बैंकले आग्रह गरेको छ ।

पछिल्लो समय धितोपत्र कारोबार पूर्ण अनलाइन प्रणालीमार्फत भएपछि कम्पनीहरूले नगद लाभांश पनि सम्बन्धित शेयरधनीको हितग्राही बैंक खातामै जम्मा गर्दै आएका छन् ।