सनराइज फोकस्ड इक्विटी फन्डको इकाई नेप्सेमा सूचीकृत
काठमाडौं । नेप्सेमा ‘सनराइज फोकस्ड इक्विटी फन्ड’ को १० करोड इकाई म्युचुअल फन्ड सूचीकृत भएको छ । अब बिहीबारबाट यस फन्डको इकाई कारोबार खुला हुनेछ ।
नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिइकाई १० रुपैयाँ तोकेको छ । सोही मूल्यभित्र रहेर यसको पहिलो कारोबार हुनेछ । ‘एसइफइएफ’ संकेतमा यसको सेयर कारोबार हुनेछ ।
वि.सं.२०७९ चैत २२ १५:१०




















