टोटेनह्याम इङ्ग्लिस प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी । टोटेनह्याम इङ्ग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा वाटफोर्डलाई १–० गोल अन्तरले पराजित गर्दै टोटेनह्याम प्रिमियर लिगको शीर्ष स्थानमा पुगेको हो ।
दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले फ्रिकिकमार्फत गरेको गोल नै टोटेनह्यामका लागि निर्णायक बन्यो ।
जितसँगै ९ अङ्कसहित टोटेनह्याम शीर्ष स्थानमा छ । यस्तै, गएराति नै भएको खेलमा म्यानचेस्टर युनाइटेडले वुल्भस्लाई १ –० गोल अन्तरले पराजित गरेको छ ।
युनाइटेड अपराजित यात्रा कायम गर्दै ३ खेलमा ७ अङ्क बटुलेर तेस्रो स्थानमा छ । यस्तै गएराति नै भएको खेलमा बर्नली र लिड्सले एकरएक गोलको बराबरी खेलेका छन् ।
वि.सं.२०७८ भदौ १४ ०७:०४