back
stc
prabhu insurance

बेल अमेरिकी क्लब लस एन्जलस एफसीमा अनुबन्धित हुने

एजेन्सी । फरवार्ड ग्यारेथ बेल अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीमा अनुबन्धित हुने भएका छन्। उनी फ्री ट्रान्सफरमा एक सिजनका लागि अनुबन्धित हुने भएका हुन्। वेल्सका ३२ वर्षीय कप्तान बेल स्पेनिस क्लब रियल मड्रिड छाडेपछि क्लबविहीन थिए।

सन् २०१३ मा ८० मिलियन पाउण्डमा टोटेनहमबाट रियल आएपछि बेलले रियलका लागि २५८ खेलमा १०६ गोल गरेका छन्।

उनले रियलका लागि तीनवटा लालिगा, पाँचवटा च्याम्पियन्स लिग, तीनवटा युइएफए सुपर कप, तीनवटा फिफा क्लब वर्ल्ड कप लगायतका उपाधि जिताएका छन्। वेल्सका लागि बेलले १०६ खेलमा ३९ गोल गरेका छन्।