एभर्टनसँग लिभरपुल बराबरीमा रोकियो
एजेन्सी । इङ्लिस प्रिमियर लिगको उपाधि दावेदार टोली लिभरपुल एभर्टनसँग बराबरीमा रोकिएको छ । शनिबार साँझ भएको खेलमा लिभरपुल र एभर्टनले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
एभर्टनको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर गुमाएका थिए । बराबरीसँगै लिभरपुल पाँचौं स्थानमा छ ।
लिभरपुलको ६ खेलबाट नौ अंक छ । चार अंक बनाएको एभर्टन १७औं स्थानमा छ ।
वि.सं.२०७९ भदौ १८ २०:२१




















