back
prabhu insurance
himalayanlife

अल स्टार्सलाई पिएसजीले हरायो, रोनाल्डोको दुई गोल

साउदी अरबको रियादमा भएको मैत्रीपूर्ण खेलमा पिएसजीले अल स्टार्स एघारलाई पराजित गरेको छ। गोलको वर्षा भएको खेलमा पिएसजीले ५–४ ले जितेको हो।

क्रिस्टियानो रोनाल्डो भर्सेज लियोनेल मेसी खेलको रूपमा हेरिएको यस खेलमा क्रिस्टियानो रोनाल्डोले अल स्टार्सका लागि दुई गोल गरेका थिए भने लियोनेल मेसीले एक गोल गरेका थिए।

यस खेलमा खेलको ३९औं मिनेटमा जुआन बेरनटले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो। त्यस्तै नेइमारले पहिलो हाफको अन्तमा पाएको पेनाल्टी मिस गरेका थिए।

अल स्टार्सका लागि जांग हिउन सू र टालिस्काले एक एक गोल गरेका थिए। त्यस्तै पिएसजीका लागि मेसी, मार्क्यूरिन्होज, सर्जियो रामोस, किलीयन एम्बाप्पे, हुगो एकिटिकेले एक एक गोल गरेका थिए।

एक पछि अर्को गोल हुँदा खेल निकै रोमाञ्चक बनेको थियो। रियादस्थित किंग फयाद स्टेडियममा भएको खेलमा ६८ हजार भन्दा बढी दर्शक प्रत्यक्ष उपस्थित रहेका थिए।