पिएसजीको नान्टेसमाथि सानदार जीत, शिर्षस्थान कायमै
पिएसजीले नान्टेसमाथि ४–२ ले जीत हासिल गरेको छ। पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको १२औं मिनेटमा मेस्सीको गोलबाट पिएसजीले अग्रता लिएको थियो। १७औं मिनेटमा जाओविन हड्जामले आत्मघाती गोल गरेपछि पिएसजीले २–० ले अग्रता लियो।
३१औं मिनेटमा नान्टेसका लुडोभिक ब्लास्टले गोल फर्काउँदै खेललाई २–१ को स्थितिमा ल्याए। लगतै ३८औं मिनेटमा गनागोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए। तर ६०औं मिनेटमा डानिलोले गोल गर्दै पिएसजीलाई ३–२ को अग्रता दिलाए।
त्यसपछि इन्ज्युरी समयको दोस्रो मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई ४–२ को जित दिलाए। यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीले २६ खेलबाट ६३ अंक बटुलेको छ। नान्टेस २८ अंक जोडेर १३औं स्थानमा छ।
वि.सं.२०७९ फागुन २१ ०७:४१




















