back
prabhu insurance
himalayanlife

च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीलाई

च्याम्पियन्स लिग फुटबलको उपाधि इङ्लिस क्लब म्यानचेस्टर सिटीले जितेको छ। आइतबार बिहान इस्तानबुलको ओलम्पिक रङ्गशालामा भएको फाइनल खेलमा इटालियन क्लब इन्टर मिलानलाई १–० गोलले हराउँदै सिटीले उपाधि जितेको हो।

सिटीका लागि खेलको ६८औं मिनेटमा रोड्रीले गरेको गोल नै निर्णायक बन्यो। योसँगै सिटीले एकै सिजनमा मुख्य तीन वटा प्रतियोगिता जितेर ह्याट्रिक गरेको छ। सिटीले यसअघि नै प्रिमियर लिग र एफए कपको उपाधि जितिसकेको छ।

सिटीले च्याम्पियन्स लिग जित्नेमा एकै सिजनमा तीनवटा उपाधि जित्ने म्यानचेस्टर युनाइटेडको उपलब्धिलाई बराबरी गरेको छ। युनाइटेडले सन् १९९९ मा यो इतिहास बनाएको थियो।