आन्तरिक र पर्वतीय पर्यटनलाई प्राथमिकता दिऔं

काठमाडौं । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले अब आन्तरिक पर्यटन र पर्वतीय पर्यटनलाई महत्व दिएर अघि बढ्नु पर्ने भन्दै विदेशीको मुख ताकेर नबस्ने बताएका छन् ।
पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी नेपाल (टान) बीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान सम्बन्धी सम्झौतामा हस्ताक्षरपछि रिजालले आन्तरिक पर्यटनलाई पुनर्जीवन दिनुपर्ने बताएका हुन् ।
कोभिड महामारीले पर्यटन व्यवसनयीहरूलाई पाठ सिकाएको भन्दै कार्यक्रमका प्रमुख अतिथि रिजालले सरकारले बनाएका नीति नियमलाई टान र पर्यटन बोर्ड मिलेर कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
उपाध्यक्ष रिजालले विगतका अनुभवबाट सिकेर दुवै संस्था मिलेर काम गर्न निजी क्षेत्रको उत्थान हुने र पर्यटनको विकास हुने बताएका छन् ।
उपाध्यक्ष रिजालले पर्वतीय पर्यटनमा टानको भूमिका महत्वपूर्ण रहने भन्दै अब त्यसका लागि पर्यटन बोर्डले सघाउने बताएका छन् ।
कार्यक्रममा बोर्डका कार्यकारी अधिकृत डा.धनन्जय रेग्मी, टानका अध्यक्ष खुमबहादुर सुवेदीले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
टानका महासचिव सरिता लामाले कोरोनाकोबीचमा पनि टानले सकेको काम गरिरहेको जानकारी दिदै युएनडिपि र पर्यटन बोर्डबीचको सहकार्यले पर्यटन मजदुरलाई ठूलो राहत हुने बताइन । उनका अनुसार यो सम्झौताले तीन हजार मजदुरले रोजगारी पाउने भएका छन ।
वि.सं.२०७८ भदौ २० ०८:२४