जेठ ९ गतेबाट बुद्ध एयरले काठमाडौँ–बनारस नियमित उडान गर्ने
काठमाडौँ । कोरोना महामारीका कारण बन्द भएको दुई धार्मिक गन्तव्य काठमाडौँ र बनारसबिचको उडान आगामी ९ जेठबाट बुद्ध एयरले पुनः सुरु हुने भएको छ ।
कम्पनीका अनुसार यो रुटमा सातामा दुई उडान गर्ने गरी बुद्ध एयरले मिति तोकेको हो ।
काठमाडौँ–बनारस–काठमाडौँ रुटमा सोमबार र शुक्रवार उडान हुने गरी बुद्ध एयरले मिति सार्वजनिक गरेको हो । बनारसमा बुद्धले आफ्नो भगिनी संस्था बुद्ध होलिडेज मार्फत टुर प्याकेज समेत बिक्री गर्दै आएको छ ।
वि.सं.२०७९ वैशाख २० १९:४०




















