back
stc
prabhu insurance

हवाई यात्रा महँगिएपछि यस पटकको दशैंमा आकाश मार्ग हुँदै घर फर्किनेका लागी मुख्य शहरी गन्तव्यहरुको लागी हवाई टिकट फालाफाल

काठमाडौं । हवाई यात्रा महँगिएपछि यस पटकको दशैंमा आकाश मार्ग हुँदै घर फर्किनेका लागी मुख्य शहरी गन्तव्यहरुको लागी हवाई टिकट फालाफाल उपलब्ध रहेको छ ।

गतवर्ष सम्म सीमित उडान र सस्तो हवाई टिकटका कारण दशैंमा हवाई मार्गबाटै यात्रा गर्न रुचाउनेहरु यसपटक झण्डै दोब्बर भाडा तिर्नुपरेपछि स्थल मार्गबाटै यात्रा गर्न बाध्य भएका छन् ।

गत वर्ष दशैंमा २ हजार पाँच सय रूपैयाँ टिकट दर रहेको काठमाण्डौं सीमराको टिकट दर अहिले ४ हजार २ सय ४५ रूपैयाँ पुगेको छ । यो गन्तव्यमा यसवर्ष टीकाकै दिनको लागी समेत दुबै तर्फबाट यात्रा गर्नको लागी बुद्ध एयर र यति एयरको हवाई टिकट सहजै उपलब्ध रहेको छ ।

यो रुटमा ३ हजार ७ सय रुपैयाँदेखि महँगोमा ४ हजार २ सय ४५ रूपैयाँसम्मको टिकट उपलब्ध रहेको छ । प्रदेश २ कै जनकपुर विमानस्थलको लागी ३ हजार ५ सय ५० देखि ५ हजार ८ सय ६० रुपैयाँसम्मको हवाई टिकट बुद्ध एयर, यति एयर, श्री एयरले उपलब्ध गराएका छन् ।

काठमाडौंदेखि गण्डकी प्रदेशको राजधानी पोखराको लागी पनि दुईतर्फी हवाई टिकट पनि उपलब्ध रहेको छ ।

यो गन्तव्यमा यसवर्ष टीकाकै दिनको लागी बुद्ध एयर, यति एयर र श्री एयरको हवाई टिकट सहजै उपलब्ध रहेको छ ।

त्यसैगरी काठमाण्डौ‌ं भैरहवा हवाई रूटमा बुद्ध एयर, यति एयर, श्री एयर र सौर्य एयरलाइन्सको हवाई टिकट नियमित मूल्यमै उपलब्ध छ ।

काठमाण्डौंबाट तुलनात्मकरूपमा लामो दूरीको उडान भर्नुपर्ने लुम्बिनी प्रदेशको नेपालगंज र सुदूरपश्चिमको धनगढी विमानस्थलको हवाई टिकट पनि केही नगद छुट देखि पुरा शुल्क सहितको टिकट समेत दुबैतर्फबाट उपलब्ध रहेको छ ।

यो दुबै रूटमा बुद्ध एयर, यति एयर र श्री एयरले यो रूटमा ६ हजार ३ सय ५० देखि १३ हजार ९ सय ८० रूपैयाँसम्मको एकतर्फी हवाई टिकट बिक्री भइरहेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको लागी बुद्ध एयरको एउटा मात्र उडान भएकाले १० हजार ९ सय ९५ देखि ११ हजार ६ सय ९५ रुपैयाँसम्मको हवाई टिकट उपलब्ध रहेको छ ।

प्रदेश १ को व्यस्त विमानस्थलमध्येको विराटनगर विमानस्थलसम्मको हवाई उडानको लागी बुद्ध एयर, यति एयर, श्री एयर, गुण एयर र सौर्य एयरलाइन्सको टिकट उपलब्ध छ ।

यो रुटमा दुबै तर्फबाट ५ हजार ५ सय देखि १० हजार २ सय ५ रुपैयाँसम्मको एकतर्फी हवाई टिकट उपलब्ध रहेको छ । भद्रपुर विमानस्थलको लागी बुद्ध एयर, यति एयर सौर्य एयरलाइन्स, र श्री एयरको हवाई टिकट न्यूनत्तम ६ हजार २ सय पचासदेखि १२ हजार ९ सय ५५ रुपैयाँसम्म उपलब्ध छ ।