back
stc
prabhu insurance

कुल गार्हस्थ उत्पादनको तुलनामा बीमाशु्ल्कको अनुपात ३‍.७ प्रतिशत पुग्यो: अर्थ मन्त्रालय

काठमाडौं । अर्थ मन्त्रालयले नेपालको कुल गार्हस्थ उत्पादनको अनुपातमा बीमाशुल्क संकलन बढेर ३.७ प्रतिशत पुगेको जानकारी दिएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको गत आर्थिक वर्षको सूचका‌ंक सहितको पत्रिकामा आर्थिक वर्ष २०७८/७९ मा बीमा कम्पनीहरूले संकलन गरेको बीमाशुल्क अघिल्लो आर्थिक वर्षको तुलनामा १६.३ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।

कूल बीमाशुल्क संकलन दोहोरो अंकले वृद्धि भएपनि कूल गार्हस्थ उत्पादनको अनुपातमा जम्मा ०‍‌.०१ प्रतिशतको वृद्धि भएको छ ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा बीमा कम्पनीले १ खर्ब ५२ अर्ब ६५ करोड रुपैयाँ स‌ंकलन गरेका थिए ।

आर्थिक वर्ष २०७७/७८ मा कुल गार्हस्थ उत्पादनको अनुपातमा बीमाशुल्क संकलन ३.६ प्रतिशत रहेको थियो ।

यसअघि आर्थिक वर्ष २०७६/७७ मा कुल गार्हस्थ उत्पादनको अनुपातमा बीमाशुल्क संकलन ३.१ प्रतिशत हाराहारीमा सीमित थियो ।

अर्थ मन्त्रालयले कुल जनसंख्याको ३९.०६ प्रतिशत जनसंख्या बीमाको दायरामा समेटिएको जानकारी दिएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक सूचकांक अनुसार असार मसान्तसम्ममा बीमाको दायरामा आएको जनसंख्या म्यादी र लघु म्यादी जीवन बीमालेख सहित ३९.०६ प्रतिशत पुगेको उल्ले छ।

मन्त्रालयका अनुसार २०७८ असार मसान्तमा यस्तो जनसंख्या २५. २३ प्रतिशत रहेको थियो । वैदेशिक रोजगारी बीमालेख सहित बीमाको दायरामा समेटिएको जनसंख्या २०७९ असार मसान्तसम्ममा ४२.०३ प्रतिशत पुगेको छ ।

२०७८ असार मसान्तसम्ममा वैदेशिक रोजगारी बीमालेख सहित समेटिएको यस्तो जनसंख्या २७.५३ प्रतिशत रहेको थियो ।