back
stc
prabhu insurance

नाट्टाको अध्यक्षमा कुमारमणि थपलिया निर्वाचित

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को अध्यक्षमा कुमारमणि थपलिया निर्वाचित हुनुभएको छ ।

प्रतिस्पर्धी प्रमोद दाहाललाई पराजित गर्दै थपलिया अध्यक्षमा निर्वाचित हुनुभएको हो । यसअघि नाट्टाको कोषाध्यक्ष र महासचिव भैसकेका थपलिया विगत डेढ दशकदेखि टुर, ट्राभल र ट्रेकिङ व्यवसायमा आबद्ध हुनुहुन्छ ।

नाट्टाको ५७ औँ वार्षिक साधारणसभा एवम् निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा जिस्वा तुलाधर र उपाध्यक्षमा घनश्याम घिमिरे यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो ।

महासचिवमा युविका भण्डारी, सचिवमा विष्णु पाण्डे, कोषाध्यक्षमा सुरेश अमगाई र सहकोषाध्यक्षमा ढकनाथ काफ्ले निर्वाचित हुनुभएको नाट्टाका निर्वाचन अधिकृत अरुण पौड्यालले जानकारी दिनुभयो ।

यस्तै सदस्यमा श्रद्धा जोशी, रामशोभित राय, कृष्णप्रसाद ढकाल, विदुरप्रसाद खतिवडा, सुदर्शन पौड्याल, कृष्णप्रसाद ढकाल, विजय रिजाल र रमाकुमारी प्याकुरेल विजयी हुनुभएको निर्वाचन अधिकृत पौड्यालले बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष थपलियाले सरकारको आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्यलाई पूरा गर्न आफूले पहल गर्ने बताउनुभयो ।

उहाँले हवाई क्षेत्रमा भ्याट लगाउँदा उल्लेख्य मात्रामा पर्यटक भित्र्याउन नसक्ने उल्लेख यसलाई खारेज गर्न सरकारसँग माग गर्नुभयो । अध्यक्ष थपलियाले भैरहवा र पोखरा विमानस्थललाई पूर्णरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।