back
prabhu insurance
himalayanlife

काठमाडौंमा निषेध आदेश १० दिन थप

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि साउन १० गते आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गर्दै साउन २० गते सम्म पुरयाएका छन्।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको बताएका छन् ।

भोलि साउन ११ गतेदेखि जारी हुने निषेध आदेश थप १० दिनको निषेधाज्ञामा कुनै पनि प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब लगायत मानिसहरू भिडभाड हुने कार्यक्रमहरू सञ्चालन गराउन पाइने छैन ।

प्रशासनले खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज गर्न नपाइने जनाएको छ ।

शैक्षिक संस्थाहरू पनि अहिले भौतिक उपस्थितिमा पठनपाठन गर्न अनुमति दिइएको छैन । स्थानीय ढुवानी बिहान ९:००बजे देखि ११:०० बजेसम्म र अपरान्ह ४:०० बजेदेखि ७:०० बजेसम्म सञ्चालन गर्न पाइने छैन ।

No description available.

No description available.

No description available.

No description available.