back
prabhu insurance
himalayanlife

सेनाको जोमसोममा ‘हाई अल्टिच्युड’ तालिम

काठमाडौं । नेपाली सेनाले हिमालपारिको जिल्ला मुस्ताङको जोमसोममा ‘हाई अल्टिच्युड’ तालिम केन्द्र सुरु गरेको छ।

नेपाली सेना तथा विदेशी सेनालाई पहाडी युद्धकलाका साथै रक क्राफ्ट‚ आइस क्राफ्टसम्बन्धी ज्ञान दिन जोमसोमस्थित उच्च शिखर शिक्षालयमा २०७८ साउन २४ गते आइतबारदेखि तालिम सुरु गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

तालिम असोज १ सम्म चल्नेछ। तालिममा नेपाली सेनाका प्रशिक्षार्थी अधिकृत १६ जना र अन्य दर्जाका ६५ जना गरी जम्मा ८१ जना रहेका छन्।

यस्तै‚ अमेरिका, बंगलादेश, पाकिस्तान र दक्षिण कोरियाबाट अधिकृत तथा अन्यद र्जाका पाँच जना सहभागी भएको सैनिक जनसंम्पर्क निर्देशनालयले जनाएको छ।