back
stc
prabhu insurance

एमाले केन्द्रीय समिति बैठक भोली बस्ने

काठमाडौं । नेकपा (एमाले) अब पुरानै अवस्थाबाट अघि बढ्ने भएको छ । आन्तरिक विवादमा रूमलिइरहेको एमालेले यही साउन २५ गतेका लागि स्थायी र केन्द्रीय कमिटीको छुट्टाछुट्टै बैठक बोलाएको छ ।

एमाले विरूद्धका गतिविधि सञ्चालन गरिरहेको माधवकुमार नेपाल समुहको केन्द्रीय कमिटीबाट १० बुँदे सहमति अनुमोदन गरेपछि बोलाइएको एमाले केपी शर्मा ओली पक्षको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सम्भवतः बैठकमा नेपाल समूहका केही नेताहरूले समेत सहभागिता जनाउन सक्नेछन । बैठक ललितपुर च्यासलको तुलसीलाल अमात्य स्मृति भवनमा बस्ने छ। माधव पक्ष नआए अब ओली पक्ष माधव पक्षलाई नपर्खि अगाडि बढने भएको छ।

स्थायी कमिटी बैठक बिहान ११ बजे र केन्द्रीय कमिटीको बैठक सोही दिन दिउँसो ३ बजेका लागि तय भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।