back
prabhu insurance
himalayanlife

कागेश्वरी मनोहरामा कागेश्वरीको प्रतिमा बन्दै

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं –१ गागलमा रहेको लोकतान्त्रिक शहिद उद्यानमा विश्वकै ठुलो १ हजार ९ सय ३२ केजीको अस्टधातुको कागको प्रतिमा जडान कार्य भैरहेको छ ।

उक्त कार्यको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रि रामेश्वर फुयाल सहितको टोलीद्वारा अनुगमन गरिएको छ । साउन २५ गते सोमबार मन्त्रि फुयाल सहित उपत्यका पर्यटन कार्यालय प्रमुख टंक प्रसाद भट्टराई, शहरी बिकास भबन निर्माण कार्यालय प्रमुख इञ्जिनियर जनक लाल महर्जन, पशुपति क्षेत्र बिकास कोषका आर्किटेक्चर इञ्जिनियर पुरुषोत्तम खतिवडा,परामर्शदाता सिभिल इन्जिनियर पदम ओली, कागेश्वरी मनोहरा नगरपालिका वडा नं –१ का वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेल, वडा सदस्य दलबहादुर तामाङ लगायत स्थानीयको उपस्थितिमा कागको प्रतिमा स्थापना कार्यको स्थलगत अवलोकन गरिएको छ ।

अवलोकन पश्चात लोकतान्त्रिक शहीद उद्यान गागल काग निर्माण समिति द्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रि रामेश्वर फुयालले आगामी काग तिहारको दिन उदघाटन गर्ने तयारी अनुरुप कार्य अघि बढेकोमा खुसि ब्यक्त गर्दै कागेश्वरी धामको शिरमा रहेको सो काग नेपालका लागि कल्पवृक्ष हुने बताउदै मन्त्रि फुयालले अहिले सम्म अमेरिकाको मिनेसोटामा १३ सय किलोको कागको मुर्ति रहेको र कागेश्वरीमा अहिले जडान भएको प्रतिमाले विश्वकै ठुलो हुने भएकोले सबैको ध्यान खिच्न सक्ने गरी पर्यटन प्रवर्द्वन गर्नका लागि अपिल समेत गरेका छन ।

मन्त्री फुयालले गागलको चिहान डांडालाई उद्यानको रुपमा परिणत गर्न सफल भएको पनि बताएका थिए । मन्त्रि फुयालको आव्हानमा सुन,चांदी ,तामा ,पित्तल,फलाम लगायतका ९ सय केजी कवाड संकलन गरेर १ हजार ९ सय ३२ केजीको कागको मुर्ति निर्माण गरिएको छ। अहिले यसको जडान कार्य भैरहेको छ।

पार्क निर्माण पनि हुदैछ। कागको प्रतिमा बनाउन करिव १ हजार केजी धातु खरिद गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै कागेश्वरी मनोहरा नगरपालिका वडा नं( १ का वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेल गागलको उक्त स्थानको प्रवर्द्धनमा कागको प्रतिमाले ठुलो भूमिका खेल्ने बताएका थिए।

उनले काग हेर्नको लागि भनेर धेरै मानिस आउने भएको हुँदा सोही अनुसार पूर्वाधार निर्माणमा जोड दिएका थिए। उनले पर्यटकीय गतिबिधि बढ्दा स्थानीयको आयस्तरमा समेत बृद्दि हुने बताउदै गागललाइ पर्यटकीय गन्तब्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेकपा एमालेका स्थानीय नेता कृष्ण अर्याल, उपत्यका पर्यटन कार्यालय प्रमुख टंक प्रसाद भट्टराई,शहरी बिकास भबन निर्माण कार्यालय प्रमुख इञ्जिनियर जनकलाल महर्जन, पशुपति क्षेत्र बिकास कोषका आर्किटेक्चर इञ्जिनियर पुरुषोत्तम खतिवडा, परामर्शदाता सिभिल इन्जिनियर पदम ओली लगायतले मन्तब्य सहित सुझाब दिएका थिए । उक्त कार्यक्रम संचालन लोकतान्त्रिक शहीद उद्यान गागल काग निर्माण समितिका कार्यबाहक अध्यक्ष पुष्कर प्याकुरेलले गरेका थिए।