back
stc
prabhu insurance

प्रभु इन्स्योरेन्सको नाफा बढदै

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड स्थापनाको २५ औं वर्षमा प्रवेश गर्दैगर्दा निर्जीबन बीमा कम्पनीहरु मध्ये प्रभु इन्स्योरेन्सको व्यवसाय औषत भएता पनि दावी भुक्तानी न्यून रहेको तथा अन्य परिसूचकहरु धेरै राम्रो रहेको छ ।

यस कम्पनीको अवस्था धेरै राम्रो रहेपनि थप सुशासित र अब्बल बन्नुपर्ने आवश्यकता रहेको छ। बीमा समितिबाट बीमा कम्पनीको सुपरिवेक्षण तथा अनुगमनका कारण कम्पनीहरुको सुशासन राम्रो हुँदै गएको र गत आर्थिक वर्षमा निर्जीवन बीमा व्यवसायमा बृद्धि भएको देखिन्छ ।

अहिले बीमा कम्पनीको पूँजी बृद्धि भैरहेको छ, मर्जरमा जाने चाहाना पनि देखिन्छ । बीमा कम्पनीमा कार्यरत कर्मचारी, अभिकर्ता तथा सर्भेयरको बृद्धिबिकासको लागि बीमा तालिम केन्द्र स्थापना गरिएकले बीमा व्यवसायको क्षेत्र फराकिलो हुँदै गएको छ ।

बीमा समितिले जारी गरेको संस्थागत सुशासन सम्वन्धी निर्देशिका बीमा कम्पनीहरुको हितमा रहेको छ । समितिको सहि मार्ग निर्देशनले कम्पनीको व्यवसाय बृद्धि हुँदै गएको र बीमा तालिम केन्द्रको स्थापनाले बीमा क्षेत्रमा दक्ष जनशक्ति बिकास हुँदैछ।

प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले कम्पनीले गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा व्यवसाय बृद्धि गरेको जानकारी दिएका छन।

प्रभु इन्स्योरेन्सको प्रगति राम्रो देखिएको छ । कम्पनीले गत आर्थिक वर्षमा २६ करोड ६६ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा ०.६१५ खुद नाफा वृद्धि भएको छ । कोरोना महामारीको विषम परिस्थितिमा यति मुनाफा बढाउनु निकै चुनौतीपुर्ण कार्य हो। यस अवधिमा कम्पनीले ४९ करोड ३२ लाख ४५ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ ।

यता प्रभुको रिजर्भ कोष १.३६५ ले बढेको छ भने बिमा कोषमा ८४ करोड ३० लाख ३३ हजार रुपैयाँ जम्मा भएको छ । यसको प्रतिसेयर आम्दानी २३ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ २०३ रूपैयाँ पुगेको छ।

No description available.