back
prabhu insurance
himalayanlife

चीनले पनि १५ ठाउँमा सीमा मिचेको चर्चा

काठमाडौं । चीनले पनि नेपालको १५ ठाउँमा सीमा मिचेको कुरा उठन थालेको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष क. प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेर बहादुर देउवालाई आज विहान भेटेर चीनसँगको सम्बन्धमा नकारात्मक असर नपर्ने गरी हुम्लाको नाम्खाको सीमाका विषयमा सुझबुझपूर्ण कदम चाल्न सुझाव दिएका छन्।

कार्यदल गठनपूर्व छलफल गरी सहमति नजुटाएकोमा पनि उनीहरूले असन्तुष्टि जनाएका छन् । राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले त यसलाई भारतीय लबीका कारण चीन विरुद्ध ध्यान मोड्ने काम भनेर आरोप लगाएका छन् ।

चीनसँगको सीमा सम्बन्धी विवादको कुरा उठ्ने बित्तिकै यी नेताहरूलाई किन छटपटी हुन्छ रु बुझिनसक्नु भएको राजनीतिक वृत्तमा चर्चा छ ।

छिमेकीसँग सीमा सम्बन्धी समस्या जहिले पनि सुझबुझपूर्ण तरीकाले नै समाधान गरिनु पर्दछ । भारतसँगको यस्तै सीमा समस्यामा होहल्ला मच्चाउने तर चीनसँगकोमा सातोपुत्लो नै जाने देखिएको छ, राष्ट्रवादको एकांगी स्वरुप देखि सबै आश्चर्य चकित भएका छन।