back
stc
prabhu insurance

२३ वटा बैंक तथा वित्तीय संस्था मर्जर र प्राप्तिको पर्खाइमा !

काठमाडौं । २३ वटा बैंक तथा वित्तीय संस्थाहरु नेपाल राष्ट्र बैंकमा मर्जर र प्राप्तिको अनुमति प्राप्त गर्ने पर्खाइमा रहेका छन्।

मर्जर तथा प्राप्तिको प्रारम्भिक सम्झौता गरी अन्तिम स्वीकृतिको लागि ती बैंक तथा वित्तीय संस्थाहरु दुई वर्षअघिदेखि नेपाल राष्ट्र बैंकमा पाइप लाइनमा बसेका छन् ।

मर्जरको पाइपलाइनमा रहेका बैंक तथा वित्तीय संस्थाहरु मध्ये २ वटा वाणिज्य बैंक छन्। जसमा नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंक रहेका छन्। यस्तै विकास बैंक र १९ वटा लघुवित्त वित्तीय संस्थाहरु छन् ।

मर्जर तथा प्राप्तिको प्रारम्भिक सम्झौता गरी नेपाल राष्ट्र बैंकमा आएपनि केहीले संस्थाहरुले अन्तिम स्वीकृतिका लागि आवश्यक प्रक्रिया पूरा गर्न ढिलाइ गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरूले मर्जर र प्राप्तिका लागि हतारमा एमओयू गरेर राष्ट्र बैंक जान्छन्, त्यसमा आवश्यक प्रक्रिया पूरा गर्न भने ढिलाइ गर्ने गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुको आन्तरिक छलफल समयमै टुङ्गो नलाग्दा प्रक्रिया ढिलो हुने गरेको राष्ट्र बैंक स्रोतले बताएको छ ।

मर्जर तथा प्राप्तिको स्वीकृतिको आवेदन दिएका बैंक तथा वित्तीय संस्थाले सैद्दान्तिक स्वीकृति (एलओआई) दिएको तीन महिनाभित्र आवश्यक अन्य प्रक्रिया पूरा गरिसक्नु पर्छ । सोही अनुसार नेपाल राष्ट्र बैंकले एकिकृत कारोबारको अन्तिम स्वीकृति दिन्छ ।

राष्ट्र बैंकबाट प्राप्त तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७८/०७९ को साउन मसान्तसम्म ११ जोडी बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको अन्तिम स्वीकृतिको पर्खाइमा रहेका छन् ।

प्रारम्भिक सम्झौता गरी गत जेठ ६ गतेदखि हिमालयन बैंक लि. र नेपाल इन्भेष्टमेन्ट बैंक लि. ले नेपाल राष्ट्र बैंकमा अन्तिम स्वीकृतको पर्खाइमा रहेका छन् । यी बैंकलाई राष्ट्र बैंकले जेठ २० गते नै सैद्दान्तिक (एलओआई) दिइसकेको छ ।

यस्तै गरिमा विकास बैंक र साहारा विकास बैंकले गत आर्थिक वर्ष २०७७/०७८को असोजमा नै नेपाल राष्ट्र बैंकमा मर्जरको आवेदन दिएका थिए । यी बैंकले एलओआई पाए पनि अन्तिम स्वीकृतको लागि भने पाइपलाइन मै रहेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७७/०७८को पुषदेखि नै धौलागिरी लघुवित्त कम्पनी र आँधीखोला लघुवित्त कम्पनीको मर्जर आवेदन पाइप लाइनमा रहेको छ ।

तर नेपाल राष्ट्र बैंकले एलओआई दिइसकेपछि पनि अन्तिम स्वीकृतिको लागि प्रक्रिया पुरा नगर्दा यी संस्थाहरुको मर्जर रद्द हुने प्रक्रियामा पुगेको छ ।

गत आव २०७७/०७८को असोज महिनादेखि मिरमिरे लघुवित्त र सिर्जना लघुवित्त मर्जरको प्रकृयामा छन् । साथै, सो समयदेखि स्वास्तिक लघुवित्त कम्पनी  र समाज लघुवित्त कम्पनी लि। मर्जरको पाइपलाइनमा रहेका छन् ।

यी संस्थाहरुलाई राष्ट्र बैंकले मर्जरको सैद्दान्तिक स्वीकृति दिइसकेको छ ।

यसैगरी डिप्रोक्स लघुवित्त कम्पनी लि।र नाडेप लघुवित्त कम्पनी गत पुसदेखि नै नेपाल राष्ट्र बैंकमा मर्जरको पाइपलाइनमा रहेका छन् । यी संस्थालाई राष्ट्र बैंकले एलओआई दिइसकेको छ ।

राष्ट्र बैंकमा मर्जर तथा प्राप्तिको अन्तिम स्वीकृतको पाइपलाईनमा बिजया लघुवित्त कम्पनी  र खप्तड लघुवित्त कम्पनी लि। पनि गत असोजदेखि नै छन् । यी संस्थाको एलओआई भने राष्ट्र बैंकले रद्द गरिसकेको छ ।

यस्तै नेपाल सेवा लघुवित्त कम्पनीले वीन लघुवित्त कम्पनीलाई प्राप्ति गर्न, आरम्भ लघुवित्त कम्पनीले बिपिडब्लु लघुवित्त कम्पनी  र देउराली लघुवित्त कम्पनीलाई प्राप्ति गर्न राष्ट्र बैंकको स्वीकृतिको पर्खाइमा रहेका छन् ।

यसैगरि इन्फिटी लघुवित्त कम्पनीले नेपाल एग्रो लघुवित्त कम्पनीलाई प्राप्ति गर्न र युनिक नेपाल लघुवित्त कम्पनीले घोडाघोडी लघुवित्त कम्पनीलाई प्राप्ति गर्न अन्तिम स्वीकृतको पर्खाइमा रहेका छन् ।

मर्जर तथा प्राप्तिको पाइपलाइमा भएका सबै बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले एलओआई दिइसकेको छ ।

एलओआई पाइसकेर ३ महिनाभित्र पनि एकीकृत कारोबारलाई माग गरिएको कागजात पेश नगर्ने संस्थाको मर्जरको आवेदनलाई राष्ट्र बैंकले रद्द गराउने वा पुन म्याद थप गर्ने मध्ये एक निर्णय गर्नुपर्ने हुन्छ।

सैद्दान्तिक सहमति पाएर अन्तिम स्वीकृतको लागि समयमै प्रक्रिया पूरा गर्न सकेनन् भने ती संस्थाले डिमर्जरको पत्राचार राष्ट्र बैंकमा गराउनु पर्ने हुन्छ र सोही अनुसार दिएको मर्जर स्वीकृतिको आवेदन राष्ट्र बैंकले रद्द गराउँन वा पुन मर्जर वा प्राप्तिको समयावधि थप गर्नु पर्ने हुन्छ।