back
prabhu insurance
himalayanlife

एनसीसी बैंकको संस्थापक शेयर विक्रीमा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी ) बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै १२ जना संस्थापक शेयर विक्री गर्ने संस्थापक शेयरधनीहरुको नाम तथा विक्री गर्न लागिएको शेयरको बारेमा जानकारी गराएको हो । शेयरको मूल्य भने तोकिएको छैन ।

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको बागबजार स्थित कार्यालयको शेयर शाखामा लिखित निवेदन सहित सम्पर्क गर्न बंकले आग्रह गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य खरीदकर्तालाई उक्त संस्थापक शेयर विक्री प्रक्रिया अगाडी बढाउने बैंकले जनाएको छ ।