back
prabhu insurance
himalayanlife

दक्षिण कोरियाले अवैध विदेशी कामदारलाई मौका

एजेन्सी । दक्षिण कोरियाले अवैधरुपमा कार्यरत विदेशी कामदारलाई कोरिया छाड्नका लागि एक मौका प्रदान गरेको छ । त्यहाँको कानुन मन्त्रालय अन्तरगत रहेको इमिग्रेशन सेन्टरले पूर्ण रुपमा खोप लगाइएका अवैध कामदारलाई स्वेच्छाले कोरिया छाड्न चाहेमा जरिवाना छुट दिनुका साथै भविष्यमा प्रवेशमा प्रतिबन्ध नलगाउने घोषणा गरेको छ ।

दक्षिण कोरियास्थित नेपाली दूतावासका अनुसार यो नियम अक्टोबर १२ भित्र पूर्ण खोप लगाएका वा ३१ डिसेम्बरसम्म खोप लगाउनेको हकमा समेत लागू हुनेछ । यो नियम अपराधको आरोपमा प्रहरीमा बुझाइएका र कोभिड–१९ सम्बन्धी नियम उलंघन गरेको विदेशी नागरिकको हकमा पनि लागू हुनेछ ।

एक डोज जोन्सन वा डबल डोज फाइजर मोडेना वा एस्टाजेनिका खोप पूरा गर्ने विदेशी नागरिकहरु तथा पूर्ण खोप लगाएका तर १४ दिन पुरा नभएकाहरुको हकमा पनि स्वेच्छिक रुपमा कोरिया छाड्दा पनि उल्लेखित नियमका लागि योग्न हुने दूतावासले जनाएको छ ।

यो योजना अक्टोबर १२ देखि अर्को सूचना जारी नभएसम्मका लागि लागू हुने सूचनामा उल्लेख गरिएको छ । यो योजनाबाट अवैधरुपमा कार्यरत कतिपय नेपाली सहित विदेशी श्रमिक लाभान्वित हुने बताइएको छ ।